काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गरेको हो । भण्डारी सञ्चारमन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार समेत हुन् ।