हलेसीको प्रवेशद्वार ढलान गरिँदै

सिधाकुरा

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ । सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो । 

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

दुवै सडकको पूर्वसहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रुपमा शिलान्यास गरिन् । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेकी गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिक एवं पर्यटकीयस्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताइन् । उनले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिइन् ।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यसवर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन्। शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगयात व्यक्ति सहभागी थिए।

एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले बताइन् । उनका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गरे। “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देश÷विदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उनले भने, “हलेसी नजिक रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदैछ ।” 

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा विच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनियर गणेश पाण्डेले बताए । प्रवेशद्धार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिए।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो । 

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रुपमा लागिपरेको नगरप्रमुख राईले बताए। 

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाबाट आव २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
Skip Advertisement
Advertisement X