सरकारले खाना पकाउने ग्यास,पेट्राेल र डिजेलकाे मूल्य बढाएकाे छ । बुधबार रातिबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य १९सय १० कायम भएको छ।