सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको हो ।
यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सत्ता साझेदार दल बनेको रास्वपाले ४ मन्त्रालयको नेतृत्व गरिरहेको छ । रास्वपाले उपप्रधानसहित गृहमन्त्री, श्रममन्त्री, शिक्षामन्त्री र खेलकुदमन्त्री को जिम्मेवारी निभाइरहेको छ ।
सोही विश्वासको मतलाई निरन्तरता दिन ह्विप जारी गरेको र सोमबारको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।