अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा बसको ठक्करबाट तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ भने ३० जना बढी घाइते भएका छन् । बसको ठक्करबाट मृत्युहुने मध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।
भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो खेलिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
घाइतेहरुको अर्घाखाँची अस्पतालमा उपचारका भैरहेको छ । दुर्घटना भएको ठाउँमा साविकको खिल्जी र असुरकोट गाविसको सीमान पर्छ । अहिले भूूमिकास्थानको वडा ५ र ६ को सीमाना पर्छ ।