२१ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेश अस्वीकार गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहितको सुनुवाई आजका लागि तोकिएको छ ।
उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा उक्त मुद्दाको सुनुवाई तोकिएको हो । जिल्ला अदालतले थुनछेकका क्रममा पूर्वगृहमन्त्री खाँड सहित साँसद टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई पूर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उनिहरुको निवेदनको सुनुवाई गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतले थुनामा पठाउनुको कारण सहितको कैफियत प्रतिवेदन माग गरेको थियो । नक्कली शरणार्थी प्रकरणका २० जना प्रतिवादीले उच्च अदालतमा निवेदन दिएका छन ।