काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएकालाई बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले वैदेशिक रोजगारीमा गएकाहरुले बैंक खातामा रेमिट्यान्स पठाए बिनाधितो ऋण सुविधा दिने कार्यक्रम ल्याउने जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने र आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने जानकारी दिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट बिनियोजन गरिएको उनले बताए ।
मंसिर ८, २०८१ शनिबार |