काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनीमागस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । माक्सवादी ज्ञान केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको प्रतियोगितामा रत्न राज्यलक्ष्मी क्याम्पस प्रथम र सानोठिमी क्याम्पस दोस्रो भएको हो ।
यसैगरी पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ ।
विजेता टोलीलाई माक्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।
फाल्गुन ११, २०८० ०६:०९ मा प्रकाशित