प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु भएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन–२०८० पेस गर्ने कार्यसूची पनि छ।
त्यसैगरी आजको बैठकमा सांसद प्रेम सुवालले ‘राजनीतिक दल सम्बन्धि (दोस्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विधेयक-२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव र ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।