हेटौंडा। राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई दिएका छन् ।
मंगलबार हेटौंडामा एक समारोहकाबिच नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा सिंहले ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
उनको एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा ३ लाख ८७ हजार थपेर अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
उनले निर्वाचित भएपछि आफूले प्राप्त गर्ने एक वर्षको तलब अस्तपताललाई दिने प्रतिबद्धता गरेका थिए ।
सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।