भाषा र सीप नहुँदा ठगिँदै नेपाली श्रमिक

सिधाकुरा

काठमाडौँ । केही महिनाअघि साउदी अरबको एक कम्पनीले त्यहाँ कार्यरत २२ नेपाली श्रमिकलाई कामबाट निकाल्यो । उक्त खबर बाहिरिएसँगै सरकारले साउदीको रियादस्थित नेपाली दूतावासलाई सो सम्बन्धमा बुझ्न निर्देशन दियो । 

दूतावासबाट श्रम काउन्सेलरसहित उच्च अधिकारी कम्पनीमा पुगेर श्रमिक निष्कासनका सम्बन्धमा सोधखोज गरे । कम्पनीले जवाफ दियो, “नेपाली श्रमिकले भाषा नबुझ्दा तोकिएको काम गर्न सकेनन् । श्रमिकलाई गोदाम व्यवस्थापनको जिम्मेवारी तोकिएको थियो । भाषा नजाने कै कारण कम्पनीको नियमानुसार गोदाम मिलाउन नसक्दा उनीहरु निष्कासनमा परे ।”

नेपालीको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)ले श्रमिक कल्याणसम्बन्धी सम्पूर्ण सेवालाई ‘डिजिटल’ बनाएको छ । श्रमिक अधिकार हनन् भएका विषयमा उजुरी गर्ने, सुनुवाई तथा तलब सेवा सुविधाबारे सम्पूर्ण जानकारी अनलाइनबाटै उपलब्ध गराउन थालेको छ । तर भाषा नबुझ्दा नेपाली श्रमिकले उक्त सुविधाको प्रयोग गर्न नसकिरहेको विभिन्न अध्ययनले देखाएका छन् । 

गन्तव्य मुलुकमा बोलिने भाषा, कानुन, रहनसहन, चालचलनबारे पर्याप्त जानकारीको अभावमा थुप्रै नेपाली श्रमिक दैनिक विविध समस्यासँग जुधिरहनुपरेको सरकारी अधिकारीको बुझाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजीव पोखरेल पछिल्लो समय भाषा र सीपको नजाँदा नेपाली श्रमिकले गन्तव्य मुलुकमा विविध समस्या भोगिरहेका स्वीकार गर्छन्  । 

भाषा नजाँदा नेपाली श्रमिकले भोग्नु परेका समस्याको दीर्घकालीन समाधानका लागि सरकारले वैदेशिक रोजगारीमा जाने दक्ष र अर्ध दक्ष कामदारका लागि आधारभूतस्तरको अङ्ग्रेजी भाषा परीक्षण अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका सो मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयबाट) प्रक्रिया अघि बढाएको छ । 

पहिलो चरणमा दक्ष र अर्धदक्ष कामदारलाई आधारभूतस्तरको अङ्ग्रेजी भाषा परीक्षण तथा दोस्रो चरणमा अन्य श्रमिकलाई पनि अङ्ग्रेजी भाषा परीक्षण अनिवार्य गर्ने सरकारको योजना छ । सरकारले नीति तथा कार्यक्रममा पनि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर मात्रै पठाउने उल्लेख गरेको छ । 

वैदेशिक रोजगारीमा जाने दक्ष र अर्धदक्ष कामदारका लागि अन्तर्राष्ट्रियस्तरको आधारभुत अङ्ग्रेजी भाषा परीक्षा दिएको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने मन्त्रालयको तयारी छ । अर्ध दक्षका हकमा न्यूनतम प्रारम्भिक तह र दक्षका हकमा प्राथमिक तहसम्मको भाषा ज्ञानको प्रमाण–पत्र अनिवार्य गर्न लागिएको छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लगायत श्रम आप्रवासनसँग सम्बन्धित सङ्घसंस्थाले पनि श्रमिकलाई भाषा र सीप सिकाएर गन्तव्य मुलुकमा पठाउन विश्वव्यापी ‘लबिङ’ गरिरहेका छन् । 

श्रमिकलाई निश्चित मापदण्डभित्र रही अङ्ग्रेजी भाषा सिकाएर पठाएपछि गन्तव्य मुलुकमा आइपर्ने विविध समस्यासँग सहजै जुध्न सक्ने सरकारको विश्वास छ । भाषासम्बन्धी ज्ञानको अभावमा नेपाली हजारौँ श्रमिकले दुःख बेहोरिरहेका छन् 

भाषासम्बन्धी ज्ञानको अभावमा कतिपय नेपाली श्रमिक गन्तव्य मुलुकमा आकर्षक सेवा सुविधाको कामबाट समेत वञ्चित हुनु परिराखेको अवस्था छ । भाषा नजान्दा कतिपय श्रमिकले सडक दुर्घटनामा परेर मृत्युवरण गर्नुपरेको उदाहरण प्रशस्तै छन् । “केही श्रमिक आफूले गल्ती नगरेको भए पनि आफ्नो कुरा राख्न नजान्दा जेलसमेत परेका विषय सरकारको जानकारीमा आएको छ”, मन्त्रालयका प्रवक्ता पोखरेल भन्छन्, “अंग्रेजीमा कमजोर हुँदा कतिपय श्रमिकले उच्चकोटीको काम प्राप्त गर्न सकेका छैनन्, न्यूनतम सेवासुविधामा चित्त बुझाएर बस्नु परेको अवस्था छ ।”

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अङ्ग्रेजी भाषा परीक्षण समावेश गरिएको छैन । छोटो अवधिको पूर्वप्रस्थान अभिमुखीकरण तालिममा आधारभूतस्तरको अङ्ग्रेजी भाषा सिकाइ पर्याप्त नहुने जानकारको भनाइ छ ।  


नेपालबाट विभिन्न मुलुकमा श्रम स्वीकृति लिएर जाने श्रमिकमध्ये अदक्ष श्रमिकको हिस्सा निकै ठूलो छ । गत आर्थिक वर्षमा छ लाख ९९ हजार एक सय ९३ पुरुष र ७२ हजार एक सय ३४ महिला गरी कुल सात लाख ७१ हजार तीन सय २७ नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये दुई सय ५७ उच्च दक्ष, एक हजार एक सय ५२ व्यावसायिक, ६० हजार पाँच सय ५५ अर्धदक्ष, पाँच लाख छ हजार सात सय ४६ दक्ष र दुई लाख दुई हजार छ सय १६ अदक्ष श्रमिक थिए ।  


विभागका अनुसार चालु आवको छ महिनामा तीन लाख ४३ हजार चार सय पाँच नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये दक्ष र अर्धदक्ष कामदारको सङ्ख्या क्रमशः दुई लाख ४३ हजार छ सय २६ र २८ हजार नौ सय ४७ छ । सरकारले संस्थागत रुपमा एक सय ११ मुलुकमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । 


“कामदारले प्रस्थान बिन्दुदेखि पहुँच बिन्दुसम्मको सुरक्षित यात्राका लागि अपनाउनुपर्ने तरिका तथा व्यवहार अङ्ग्रेजी भाषामा लेखिएका सूचना तथा निर्देशन (बोर्डिङ पास, अध्यागमन प्रक्रिया, सुरक्षा जाँच, यात्रामा साथ लैजान निषेध गरिएका सामान, हवाई यात्रामा जारी सूचना, प्राविधिक जानकारी, ट्रान्जिट व्यवस्थापन, समस्या पर्दा सुरक्षाकर्मीसँगको सूचना गर्न) जान्नका लागि पनि भाषा अत्यावश्यक छ”, आधारभूत अन्तर्राष्ट्रियस्तरको अङ्ग्रेजी भाषा सीप÷ज्ञानको आवश्यकता प्रष्ट्याउँदै सहसचिव पोखरेलले भन्नुभयो । 


वैदेशिक रोजगारमा जाने नेपाली श्रमिक अङ्ग्रेजी भाषाको ज्ञानको अभावमा व्यवहारिक कठिनाइका साथै कतिपय अवस्थामा फौजदारी अभियोगमा जेल सजायसमेत भोग्नुपरेको मन्त्रालयले जनाएको छ । भाषाको ज्ञान नहुँदा श्रमको सम्मान र कार्यस्थलमा सञ्चार सीप अभावमा आफ्नो गुनासो राख्न नसक्नु, कार्यस्थलमा अपनाउनुपर्ने सुरक्षा कवचको प्रभावकारी उपयोग गर्न नसक्ने अवस्था देखिएको छ । 


अङ्ग्रेजी भाषाको पर्याप्त ज्ञान भएसँगै आपत्कालीन अवस्थामा सुरक्षित रहन, कामदारले भोग्नु परेका समस्या समाधान गर्न, जोखिम र दुर्घटना न्यूनीकरण गर्न, अध्यागमन, बैङ्किङ काममासमेत मद्दत पुग्ने तथा कार्यसम्पादन र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान मिल्ने मन्त्रालयको भनाइ छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....