काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिन, हरितालिका तीज पर्व मनाइँदैछ । आजका दिन परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वासका साथ व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् ।
सत्य युगमा महादेव पती पाउन पार्वतीले आजकै दिन निराहर व्रत बसी तपस्या गरेको धार्मीक विश्वास रहँदै आएको छ । सोहि कारण हिन्दु महिलाहरु निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास राख्छन् । आज शिवालयहरुमा व्रतालुहरु घुँइचो लागेको छ। विषेशगरी काठमाडौँमा पशुपतिनाथमा लगायतका शिवालयहरुमा विहानैदेखि व्रतालुहरुको घुइँचो लागेको छ।
तीजको दिन अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन रहेको छ । आजको दिनको अघिल्लो दिन अर्थात एक दिन अघि भने आज व्रत बस्नेहरुले दर खाने चलन रहेको छ । आजको व्रत बस्नका लागि दरकारुपमा हिजो मीठ मीठा परिकार खाने गरिन्छ ।
साथै तीजमा विवाह गरेर श्रीमानको घरमा गएकाहरु माइती आउने, तीज गित मार्फत आफ्ना वेदना साटासाट गर्ने चलन रहेको छ । अझ तीजमा चेलीबेटीलाई माइतीमा लिन जाने प्रचलनको छुट्टै महत्व रहेको छ ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ ।