काठमाडौँ । बाढी र पहिरोका कारण यतिबेला देश नै ठप्प बनेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोले देशभरका ५० मुख्य सडक र राजमार्गहरू मध्ये ४३ वटा बन्द अवस्थामा पुगेको हो ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार ७ वटा सडक तथा राजमार्ग भने केही पूर्ण र केही एकतर्फी रुपमा सञ्चालनमा छन् । बाँकी ४३ वटा सडकहरू पूर्ण रुपमा बन्द अवस्थामा रहेको प्रहरीको तथ्याङ्क छ । काठमाडौँ उपत्यका जोड्ने सबै सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुन सडक कस्तो अवस्थामा हेर्नुहोस्