काठमाडौँ । लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मा विरुद्ध बालबालिका सम्बन्धी अपराध गरेकाे कसुरमा काठमाडौ प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ ।
शर्माले काठमाडौस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछी काठमाडौ महानरपालिकाले बालिकाका उद्धार गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सांसद शर्मा विरुद्ध जाहेरी परेकाे पुष्टी गरेकाे छ। 'बालिकामाथि कुटपिटकाे कसुरमा जाहेरी परेकाे छ' जिल्ला प्रहरी परिसर काठमाडौँ स्राेतले सिधाकुरासँग भन्याे ।
सांसद शर्माकाे घरमा रहेकी बालिकामाथि श्रम शाेषणसँगै शारिरिक यातना समेत दिइएकाे जाहेरीमा उल्लेख छ । उद्धार पछि महानगरकाे सेफ हाउसमा रहेकी उनले आफ्नो पीडा खुलाएकी थिइन । सबै कुरा खुलाएकी थिइन। सांसद शर्मामाथि बालिकाकाे परिवारका सदस्यले जाहेरी दर्ता गराका हुन् । सांसद शर्मा एमालेबाट निर्वाचित दाङकी प्रदेश सभा सदस्य हुन् ।