काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र राज्य मन्त्री हसिना खानले पद तथा गोपनीयता को सपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्यमन्त्री र खानलाई स्वास्थ्य राज्य मन्त्रीमा नियुक्त गरेका थिए ।
उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
यसअघि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनसँगै राजीनामा बुझाएका थिए । त्यसपछि जसपा नेपालबाट फुटेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव र खान मन्त्री नियुक्त भएका हुन् ।
यसअघि जनता समाजवादी पार्टी नेपालबाट उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उपेन्द्र यादवले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
जसपा नेपालबाट विभाजन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट यादव मन्त्री नियुक्त भएका हुन् । उक्त दलबाट वनमन्त्रीमा नवल किशोर साह सुडी रहेका छन् ।