काठमाडौं । धादिङको झ्याप्ले खोलामा आइतबार थप तीन वटा शव भेटिएका छन् । भेटिएका शव गोरखबाट शुक्रबार काठमाडौका लागि छुटेका बसका यात्रुको हुन सक्ने प्रहरीले जनाएको छ । शनिबार साँझ मात्रै सोहि स्थानमा बुटवलबाट आउँदै गरेको वीङ्गर भ्यानमा सवार १४ जनाको शव भेटिएको थियो । सोहि स्थानमा अर्को बसपनि पुरिएको अवस्थामा भेटिएको छ । अहिले उद्धार जारी छ ।
गोरखबाट काठमाडौकालागि छुटेका बस शुक्रबार देखि सम्पर्क विहिन भएका छन् । शुुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौकालागि छुटेको ना ४ ख २२७० नम्बरको बस रअहिलेसम्म सम्पर्कमा नआएको बस संचालक समितिले जनाएका छन् ।
दरौदी यातायात प्रालीका अध्यक्ष नारायण खत्रीका अनुसार गोरखबाट छुटेको बस शुक्रबार राति १० बजे खानीखोलासम्म पुगेको जानकारी आएका तर त्यसपछि बसमा सवारी कसैसँगपनि सम्पर्क भएको छैन । बसमा ९(१० जना यात्रु भएको खत्रीको भनाई छ ।
शनिबार साँझ मात्रै नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा बुटवलबाट काठमाडौ आउँदै गरेको वीङ्गर भ्याने पुरिएको अवस्थामा भेटिएको थियो । उक्त वीङ्गर भ्यान सवार १४ जनाको शव भेटिएको थियो । खानीखोला प्रहरी चौकीका इन्चार्ज हेमन्त थपलियाका अनुसार वीङ्गर भ्यान सहित अन्य सवारी पनि पुरिएको आशङ्का गरिएको थियो । थापाका अनुसार सोही स्थानको पहिरोमा अर्को बस पनि पुरिएको देखिएको छ ।
सोही स्थानमा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीको र्याट टिमका उपप्रमुख आशिस थापाका अनुसार वीङ्गर भ्यान पुरिएको नजिकै बसको टायर देखिएको छ । भने अर्को कारको जस्तो पाटपुर्जा पनि देखिएको छ । गोरखाबाट काठमाडौँका लागि छुटेको बस र चितवनबाट छुटेको माइक्रो पनि सोही पहिरोमा पुरिएको आशङ्का गरिएको छ ।