बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
रुपन्देहीको बुटवलमा रहेको उक्त सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको हो । अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगि प्रकरणमा उनी गत चैत २ गते ललितपुरको झम्सिखेलबाट पक्राउ परेका थिए ।
त्यस्तै अदालतले दीपेशसँगै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी प्रकरणमा जोडिएका नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गर्दै रिहा गर्न अदालतले आदेश दिएको हो ।
अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।