इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ ।
७ न्यायाधीशकाे दरबन्दी रहेको जिल्ला अदालत रौतहटमा आइतबार २ जना मात्र न्यायाधीश उपस्थित थिए । अदालतमा आइतबार न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्तकाे मात्रै उपस्थित थियाे । उनीहरु दुवै जनाले फाँट नम्बर ५ को गोला नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो ।