दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेको २४ घण्टा नबित्दै फिर्ता लिन बाध्य भएका छन्। मंगलबार साँझ लागु गरेको सैनिक कानुनको तीव्र विरोध भएपछि राष्ट्रपतिले फिर्ता लिएका हुन्।
राष्ट्रियसभामा उपस्थित १९० सांसदले सर्वसम्मतिले यो निर्णयको विरोध गरेका पछि मार्शल ल हटाइएको छ । दक्षिण कोरियाका राष्ट्रपतिले राष्ट्रिय सभाको मागमा मार्शल ल हटाइएको र सेना फिर्ता गरिएको बताएका छन् ।