क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

सिधाकुरा

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना ९हेडवर्कस्० मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे

“आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले  आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय) को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत  आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आएन भने अप्ठ्यारो अवस्था आउने छ”, घिसिङले भने।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरू गर्ने गरी काम भइरहेको बताए ।

प्रतिक्रिया

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||

  • नविकरण भएका राहदानी नदिँदा पोर्चुगलका हजारौँ नेपाली समस्यामा || SIDHAKURA ||
  • एमालेका पूर्वमन्त्रीलाई किन चलेन मुद्दा ? यस्तो छ प्रहरीलाई दिएको लज्जास्पद बयान....
  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....
  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||

Current Affairs

जितेपछि हिरासतमा रवि भेट्न पुगिन रोजिना....

  • जितेपछि हिरासतमा रवि भेट्न पुगिन रोजिना || SIDHAKURA ||
  • रवि लामिछानेलाई सरकारी वकिल कार्यालय पुर्याउँदा... || RABI LAMICHHANE || SIDHAKURA ||
  • काठमाडौँमा रास्वपाको विजय र्याली : बालेनलाई सघाउने रास्वपा रणनीति || SIDHAKURA ||
  • कांग्रेस एमालेलाई पछार्दै काठमाडौं १६ मा रास्वपाको जितविजयी पछि के भन्छिन् रोजिना....
  • रविलाई अन्डरग्राउन्डबाट लगेपछि समर्थकको आक्रोश : किन सँधै लुकाइन्छ रविलाई ? ||....
  • नेपाल आउँदा शिखर धवनले के भने ? || Shikhar Dhawan in Nepal....
  • जब प्रहरीले रविलाई बाहिर नदेखाउन अन्डरग्राउन्ड बाटो प्रयोग गरे... || SIDHAKURA ||
  • रविलाई काठमाडौँ ल्याउँदा जे देखियो, समर्थकको थामिएन आँशु || SIDHAKURA ||
  • माडवारी सेवा समितिमा महानगरको छड्के || SIDHAKURA ||
  • रविको सन्देशसम्बन्धी पोस्टबारे मनिष झाः ‘उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट’ ||....
  • काठमाडौँ १६ मा रास्वपाको घरदैलो, के भन्छन् मतदाता ? || SIDHAKURA ||
  • श्रीमान्, बहस असाध्यै राम्रो हुन्छ, आदेशले सधैं निराश बनाइदिन्छ- इजलासमा रवि लामिछाने....
  • सरकारमा आफैँ,सडकमा आफैँः जनतालाई सास्ती, प्रधानमन्त्रीलाई मस्ती || SIDHAKURA ||
  • प्रहरीले घाइते बनाएका सहकारी पीडित ह्विलचेयरमै सडकमा || SIDHAKURA ||
  • सहकारी पीडितमाथिको दमनबारे बोल्यो रास्वपा, यस्तो छ आन्दोलनको तयारी || SIDHAKURA ||
  • किन सारिँदै छ सिनामंगलको इन्धन डिपो ? || SIDHAKURA ||
  • एन्फाको लापरबाहीले सिस्नेरीमा ६ जना बालबालिकालाई पहिरोले पुर्योः आफन्त || SIDHAKURA ||
  • पक्राउपछि प्रसाईः ‘म तस्करहरुविरुद्ध लड्न आएको हुँ’ || SIDHAKURA ||
  • सुधारिएको न्युरोड 𝐕𝐒 गन्जागोल न्युरोड || SIDHAKURA ||
  • मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाकाे घाेषणा || SIDHAKURA ||
  • अहिले सरकारका प्रमुख मान्छे नै नेपालका सबैभन्दा भष्ट्र मान्छे हुन्ः प्रचण्ड ||....
  • ग्यास्टिक कसरी निको पार्ने ? डाक्टरको सुझाव || SIDHAKURA ||
  • गौशालाका अनाधिकृत संरचना काठमाडौँ महानगरले भत्कायो, रोक्न पुगेका सुमन सायमी पक्राउ ||....
  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||