काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा आफ्ना लागि नयाँ कार्यकक्ष निर्माण गरेका छन् ।
उद्योगहरुले तिर्न बाँकी रहेको डेडिकेटेड र ट्रंकलाईनको विद्युत महसुल उठाउने विषयमा लामो सयमदेखि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग टकरावमा उत्रिएका मन्त्री खड्काले कुलमानकै कार्यकक्ष भएको भवनमा आफ्नो कार्यकक्ष बनाएका हुन् ।
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणमा आफ्ना लागि रातारात कार्यकक्ष तयार पार्न लगाएको आरोप छ । खड्काका साथै उनका सहयोगीका लागि समेत प्राधिकरणमा कार्यकक्ष तयार पारिएको छ। उनि आज कार्यकक्ष पुगेका छन् ।