काठमाडाैँ : बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य तोक्यो । जहाँ सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै गहुँको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ३६ हजार ५० रहेको बताइन् ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८०/८१ मा गहुँको न्यूनतम समर्थन मुल्य ३६ हजार ५० निर्धारण गर्ने भन्ने निर्णय भएको छ ।’, उनले भनिन् ।
त्यसो त उनले भनेअनुसार मन्त्रीपरिषदले गहुँको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ३६ हजार ५० नभएर ३६ सय ५० निर्धारण गरेको हो ।
बढ्यो गहुँको न्यूनतम समर्थन मूल्य
सरकारले आर्थिक वर्ष २०८०/८१ मा गहुँको न्यूनतम समर्थन मुल्य बढाएर ३ हजार ६ सय ५० पुर्याएको छ । गत वर्ष ३ हजार ३ सय ५१ रुपैयाँ रहेको गहुँको न्यूनतम समर्थन मूल्य बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढाएर प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ बनाएको हो । सरकारले यस वर्ष गहुँमा २ सय ९९ रुपैँया मूल्य बढाएकाे हाे ।