काठमाडौँ । सरकराले पाँच ओटा क्याविनेट समिति गठन गरेको छ । सरकारका कामकारवाही प्रभावकारी बनाउन यस्तो समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार प्रधानमन्त्रीले नेतृत्व गर्नेगरी राजनितिक समति, उपप्रधान तथा भौतिक पुर्वधार मन्त्रीले नेतृत्व गर्नेगरी आर्थिक पुर्वधार समिति, गृह मन्त्रीले समन्वय गर्नेगरी विधेयक समिति गठन गरिएको छ ।
त्यस्तै उपप्रधान तथा परराष्ट्र मन्त्रीले प्रशासन समितिको समन्वय गर्नेछन् भने उपप्रधान तथा स्वास्थ्य मन्त्रीले समाजिक समितिको समन्वय गर्नेछन् ।