अधिवक्तादेखि सांसदसम्म सुहाङको यात्रा

सिधाकुरा

काठमाडाैँ । नेकपा (एमाले) का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । 

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । 

सुहाङको जन्म २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौँमा भएको थियो । काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए । 

स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । 

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाए । यद्यपि, उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदान समेत गरेका थिएनन् । आफ्नै बुबा उमेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन् ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर, बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा ९माओवादी केन्द्र०, नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् । 

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । 

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उमेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ । उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ । 

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुन् । उनका एक दाजु, एक दिदी र एक बहिनी छन् । उनको दिदी सुसाङ पेसाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||