२५ पुस,काठमाडौं । लोक सेवा आयोगले २९१ जना नायव सुब्बाका लागि आवेदन खुला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले सुब्बा माग गरेको हो । देशभरका आठ वटा विभिन्न क्षेत्रका लागि यो संख्यामा आवेदन माग भएको सूचनामा उल्लेख छ ।
आयोगकाअनुसार धनकुटाका लागि ५३, जलेश्वरका लागि ३४, काठमाडौँका लागि ८८, पोखराका लागि ३३, बुटवलका लागि ३६, सुर्खेतका लागि २०, दिपायलका लागि २३ र राष्ट्रिय मानव अधिकार आयोगका लागि ४ जना नायव सुब्बा माग गरिएको छ । आयोगका अनुसार सो पदमा योग्य उम्मेदवारले माघ १६ गतेसम्म आवेदन दिने सकिने छ । सो पदको प्रथम पत्रको परीक्षा मिति फागुन २६ गतेलाई तोकिएको छ ।