बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

सिधाकुरा

बेनी  : बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए । 

“दिनभरि लाइन बस्नुपर्छ भनेर टिकट लिन बिहानै आएको थिए”, उनले भने, “ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाएँ ।” 

 बेनीमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग परे । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानु परेन”, उनले भने, “कार्यालय समयमा फुुर्सद नपाउने सेवाग्राहीलाई सहज भएको छ । धेरै लाइन बस्नु पनि परेन ।”

बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरङ्ग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको बहिरङ्गको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरङ्ग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।

गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताए । “एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरङ्ग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ”, उनले भने, “दैनिक ६० जना भन्दा बढीले अतिरिक्त समयमा सेवा लिनुहुन्छ ।”

कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।  

“समय व्यवस्थापन गर्न नसक्ने समूहलाई अस्पतालको सेवाको पहुँचमा ल्याउन अतिरिक्त समयमा बहिरङ्ग कक्ष चलाउन थालेका हौँ”, उनले भने, “अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।”

अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन । अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ । 

हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोकसेवा आयोजबाट केही दिनमै प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ । सेवा विस्तारको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताइन्।  

“सीमित जनशक्ति र पूर्वाधारका बीच पनि अतिरिक्त समयमा सेवा दिने बेनी अस्पतालको कार्यक्रमलाई मन्त्रालयले पूर्ण साथ दिन्छ”, उनले भनिन्, “दरबन्दीअनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै सुरु गर्छौं । अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गछौँ।”

मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलोपटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताए । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौती रहेको बताए ।  

विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन् । 

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||