काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ ।
यसअघि जारी गरिएको सूचनामा विश्वविद्यालयको कुनै पदमा तीन वर्ष काम गरेको हुनै पर्ने प्रावधान राखिएपछि विवाद भएको थियो ।
विवाद पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सूचनामा राखिएको प्रावधान हटाउने निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिले सूचनानै रद्द गर्ने निर्णय गरेको हो ।
अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।