काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले राम बहादुर बम्जनको घरमा छापा मार्दा ३ करोड भन्दा बढी रकम प्रात गरेको छ । सँगै २० ओटा मोबाइल, २ ओटा ल्यापटप, दर्जन बढी पेनड्राइभ लगायतका सामग्रीहरु बरामद गरेको छ । त्यस्तै उनको साथबाट बिभिन्न देशका मुद्रहरु समेत भेटिएका छन् ।
बम्जनलाई सिआईबीका डिएसपी धर्मराज भण्डारीको टोलिले मंगलबार काठमाडौंको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनले प्रहरी पुगेपछि तलाबाट हाम्फालेर भाग्ने प्रयास समेत गरेका थिए । बम्जन पक्राउको विषयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी गराउने सिआईबी प्रवक्ता नवराज अधिकारीले बताए ।
बम्जनविरुद्ध अनुयायी बेपत्ता पारेको तथा बलात्कार गरेको अरोप छ । २०७५ पुष १२ गते ३४ वर्षीय सुरेशकुमार आले मगरलाई बेपत्ता पारेको भन्दै बारमा उजुरी परेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बालाई समेत बेपत्ता पारेको आरोप छ ।
पछिल्लो समउ सिआईबीले उनलाई डेढ वर्षदेखि खोजिरहेको थियो । यसअघि प्रहरीले उनको सिन्धुलीमा रहेको आश्रममा छापा मारेपनि उपलब्धी हासिल गर्न सकेको थिएन ।