काठमाडाैँ । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औं स्थानमा परेको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यस वर्ष १०८ औ स्थानमा पुगेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएर दुई अंक अगाडि आएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२३ मा नेपालले १०० अंकमा ३५ अंक पाएको हो ।
त्यस्तै ट्रान्सपरेन्सी नेपालले दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान र विश्वमै कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको बताएको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने डेनमार्कले ९० अंक पाएको छ ।
त्यस्तै उक्त संस्थाले दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान र विश्वमै बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको बताएको छ । ट्रान्सपरेन्सी नेपालले १८० देशहरूलाई समेटेर तयार गरेको यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्याधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्छन् ।