काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।
दुुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते पक्राउ गरेको थियो ।