१३ भदौ, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यद्यपी महरा बाबुछोराको बयान भने लिइएको थिएन ।
राहुलले सामाजिक सञ्जालमा अनुसन्धानलाई सहजीकरण गर्ने बताएका थिए ।
दुबईबाट भेपमा लुकाएर ल्याइएको ९ किलो सुनमा महरा बाबुछोराको प्रतयक्ष संलग्नता रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा राहुल सुन ल्याउने योजनाकारमध्ये एक रहेको समेत जिकिर गरिएको छ ।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर ९ किलो सुन तस्करी गरेका थिए ।