जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ : सांसद सेजुवाल

सिधाकुरा

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छिन् ।

सांसदसँग रासस संवादमा उनी भन्छिन्, “राजनीतिक खिचातानी र निरन्तर सरकार परिवर्तनले निर्धारित लक्ष्यअनुरुप प्रगति हासिल गर्न सकेनौ । अहिलेसम्म जति उपलब्धि हासिल गर्न पथ्र्यो, त्यो हुन सकेन भन्ने कुरा मलाई मात्र होइन, धेरैलाई खड्केको छ ।”

देशभरकै समस्या र प्राथमिकता संसद्मार्फत सरकारद्वारा सम्बोधन गराउन ध्यानाकर्षण गर्ने विधि र प्रक्रियाको अभ्यास सिकिरहेको बताउँदै नेत्री सेजुवाल सदनमा सत्तापक्ष र प्रतिपक्ष भनेर गरिने जुहारी आफूलाई पटक्कै चित्त नबुझेको प्रतिक्रिया दिन्छिन् ।

उनी भन्छिन्, “कुनै पनि सरकारले सुरु गरेका असल काम र अभ्यास जुनसुकै सरकार परिवर्तन भए पनि निरन्तरता दिएर कार्यान्वयन गरी पूर्णता दिनुपर्छ, गुणस्तरीय कानुन निर्माणलाई जोड दिँदै प्रभावकारी कार्यान्वयनमा साझा धारणा आउनुपर्छ भन्ने मेरो दृढ मान्यता छ ।”

प्रतिनिधिसभाको नियमावलीअनुरुप कार्यको जिम्मेवारी र प्रक्रियालगायत विषयवस्तुको जानकारी लिँदै कानुन निर्माणको मुख्य काममा अहिले आफूहरू परेको लागि परेको सांसद सेजुवाल बताउछिन् ।

जनताको ठूलो आकाङ्क्षा भएकाले सीमित स्रोतसाधनका कारण उठाइएका ती सबै माग सम्बोधन गर्न कठिनाइ हुने स्थानीय तहको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उनी भन्छिन्, “स्रोतसाधन कम छ, सम्बोधन गर्नुपर्ने जनसङ्ख्या र भूगोल ठूलो छ ।”

 जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनबाट राजनीतिक यात्रा प्रारम्भ गरेकी सेजुवालले शिक्षक सङ्घको विशिष्ट सदस्य र साविक कर्णालीको प्रथम महिला प्रधानाध्यापकको अनुभव पनि सम्हाली सकेकी छन्।

मुलुक सङ्घीयताको अभ्यासमा प्रवेश गरेपछिको निर्वाचनमा पहिलो निर्वाचित महिला नगरप्रमुख घोषित उनी नेपाली कांगे्रसको निर्वाचित केन्द्रीय सदस्यसमेत छिन् ।

 सांसद सेजुवाल अहिले आफूले प्रतिनिधित्व गर्ने जुम्लाका प्रमुख समस्या विद्युत्, टेलिफोन, कालोपत्रे सडक सञ्जाल विस्तार, महिलामा काममाथि कामको बोझ, बालविवाह र युवामा लागुऔषध दुरुपयोग नियन्त्रणजस्ता विषय रहेको बताउछिन् ।

उनी नेपाल विकासन्मुख देश भएकाले विकासका दृष्टिले स्तरोन्नतीका लागि सांसदको मुख्य जिम्मेवारी कानुन बनाउने भए पनि प्रणालीमा नचलेकाकारण सांसदले विभिन्न खाले समस्याको भारी बोक्न पर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिन्छिन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति सदस्य सेजुवाल भन्छिन्, “समाजले प्राप्त गर्नुपर्ने न्यूनतम आधारभूत कुराको समेत अभावका कारण जनप्रतिनिधिले विकास निर्माणलगायत कार्यमा दगुर्न परेको छ । त्यो सांसदको नभई नागरिकको एजेण्डा हो ।”

उनीसहित समितिको टोलीले दसैँ, तिहार, छठलगायत पर्वका बेला अत्यावश्यक दैनिक उपभोग्य सामग्रीमा हुनसक्ने मूल्य वृद्धि तथा कालोबजारी नियन्त्रणका लागि देशका विभिन्न स्थानमा पुगेर अनुगमन गरेको थियो ।

एक प्रश्नमा नेत्री सेजुवाल भन्छिन्, “यो मुुलुकमा कानुनका दस्तावेज कति बने कति, कानुन बनाएर मात्र हुन्न । बनेका कानुन कार्यान्वयन हुनुप¥यो । कामै भएन भने कानुन बनाएको बेकार भयो नि हैन र १”

संविधानको अनुसूचीमै आवश्यक कानुन बाउने अधिकार र जिम्मेवारी स्थानीय तह र प्रदेश सरकारलाई पनि रहेको उल्लेख गर्दै उहाँ प्रदेश र स्थानीय तहमा स्रोत र साधनको स्थिति कमजोर रहेकाले त्यो जुटाउन सासदले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिन्छिन् ।

सांसद सेजुवाल भन्छिन्, “कतिपय स्थानीय तह र प्रदेश सरकारको नेतृत्व फरक दलको भएकाले बराबर अनुदान बाँडफाँट भएको छैन, जबसम्म स्थानीय तह स्रोतसाधनले आत्मनिर्भर र प्रणाली स्थापित हुँदैन तबसम्म सांसद विकास निर्माण कार्यमा संलग्न हुनुपर्ने देखिन्छ ।”

एक प्रश्नमा उनी संसदमा जनताप्रति उत्तरदायी भएर जिम्मेवारी बहन गर्ने, जिम्मेवारीपूर्वक आवाज बुलन्द गर्ने, समस्या र मुद्दा उजागर गर्ने र उठाइएको विषयलाई सरकारले सम्बोधन गर्ने हो भने आवेगमा बोल्न पर्ने र रेकर्डबाट हटाउने परिस्थिति नै नआउने विचार प्रकट गर्छन् ।

लोकप्रीय बन्ने होडमा आवेगमा बोल्दा मिडियाले स्थान दिन्छ भन्ने गलत बुझाइले मलजल गरेको बताउँदै नेत्री सेजुवाल एक–अर्कोलाई आक्षेप लगाउनुभन्दा अनुशासित, रचनात्मक, सुझबुझ, ज्ञानबद्र्धक र शिष्टतापूर्वक राखिने मन्तव्यलाई नै सबैले सम्मान गर्ने धारणा व्यक्त गर्छन्।

उनी भन्छिन्, “सबैलाई नेतृत्व गर्ने राजनीतिक क्षेत्र साझा विकास निर्माणका लागि भन्दा पनि व्यक्ति र समूहमा मात्र केन्द्रित हुन पुग्यो । यसो हुनुमा समाज क्षेत्रको दोष छ । देशलाई प्रणालीमा नढालेसम्म सुशासनको नारालाई कार्यान्वनमा लैजान चुनौती छ ।”

राजनीतिमा ठूलो त्यग, तपस्या गरेको र देशका लागि समर्पित व्यक्तिलाई नागरिकले निर्वाचनमा सहयोग पु¥याउन पर्ने खाँचो औँल्याउँदै नेत्री सेजुवाल निष्टामा रहनेभन्दा चारैतिर हात हालेका व्यक्ति चयन गर्ने मतदातासमेत दोषी रहेको धारणा व्यक्त गर्छिन् ।

अर्थमुखी राजनीतिले स्थान पाउँदै गएकाले निष्टा ओझेलमा परेको बताउँदै उनी गुणस्तरीय शिक्षा र रोजगारीका अभावले युवा विद्यार्थीलाई विदेश पलायन हुन नदिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिन्छिन्।

नेत्री सेजुवाल भन्छिन्, “आफ्नो देशको महत्व र पैसाको मूल्य नदेख्ने, विदेशी डलरलाई जुहारत ठान्ने सोच गलत छ । युवा विद्यार्थीलाई लक्ष्य गरी स्वदेशमै रोजगारी सिर्जना तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गराउनुपर्छ ।” - रासस

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||