काठमाडौँ । सरकारले बहालवाला तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्दै मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफरिस गरेको हो ।
जसअनुसार मधेश प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँ सिफारिस भएका छन् ।