काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् । पक्राउ पुर्जी लिनका लागि कास्कीका एसपी श्यामबाबु ओलीया र डीएसपी बसन्त शर्मा अदालत पुगेका थिए।
सहकारीको विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेलाई कारबाहीको सिफारिस गरेको थियो । यद्यपी सहकारीबाट ग्यालेक्सी टिभिमा रकम आउने प्रक्रियामा कतै उनको संलग्नता नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।