काठमाडाैँ । नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उद्धार गर्न पुगेको प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर ल्यान्ड हुन सकेको छैन । दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर अवतरण हुन नसकेको हो । शिवपुरी गाउँपालिकाका वडा सचिव नारायण पाण्डेका अनुसार ‘हेलिकप्टर आकाशमै घुमिरहेको छ । प्रहरीहरु घटनास्थलमा पुगेका छन् ।’
बुधबार भएको दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी अधिकृतका अनुसार मृत्यु हुनेका ४ पुरुष र १ महिलाको मृत्यु भएको हो ।