काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारका पक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।
सांसदहरुलाई पत्र लेख्दै अध्यक्ष चौधरीले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन र सरकारका पक्षमा विश्वासको मत दिन निर्देशन दिएकी हुन् ।
उनले लेखेकी छिन् ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न ९निर्देशन० ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ।
निर्वाचन आयोगले नाउपाका अध्यक्ष बनेको रेशम चौधरीलाई अयोग्य ठहर गरेपछि श्रेष्ठकै अध्यक्षतामा पुरानो कमिट ब्युतिएको छ ।
तर उनका श्रीमान रेशम चौधरीले भने संघ सरकार नजाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने बताउँदै मन्त्री समेत पठाएका छन् ।