काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाइएको जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा १६५ र डिजेल मट्टितेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।
विराटनगर, जनकपुर, झापा, बारा, भैरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६५ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ ५० पैसा कायम भएको छ । सुर्खेत र दाङमा क्रमश पेट्रोलको मूल्य १६८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।