काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गाँजा खेती खुला गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने ’ विषय सम्बन्धी छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययन गर्न बनेको समितिले छिटै प्रतिवेदन दिने बताएका हुन् ।
उनले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी नियमावली बनाउने बताए । साथै लामिछानले गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना चलाउने बताए उनले भने ‘लागुऔषध दुव्र्यसनमा फसेकालाई अर्को मौका दिने हो, तर कारोबार गर्नेलाई छुट दिने कुरा हुँदैन ।’