काठमाडौं । आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रले ५७ अर्ब २९ करोड रुपैयाँ बजेट पाएको छ । मंगलबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री पुनका अनुसार कृषिको नयाँ बजेटमा रासायनिक मल, उत्पादन वृद्धि, किसानलाई प्रोत्साहन बजेटका प्राथमिकताहरू छन् ।