उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ एपलाई उद्योगको मान्यता दिएको छ।
मन्त्रालयले नेपाल राजपत्रमा एक सूचना जारी गर्दै राइड सेयरिङ एपलाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची ९८ को क्रमसंख्या ६६ थप गर्दै उद्योगको मान्यता दिएको बताएको हो । मन्त्रालयले राइड सेयरिङ एपलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।
नेपालमा दर्जन बढी राइड सेयररिङ एप संचालनमा छन् । तर कानुन अभावलाई देखाउँदै सरकारले तिनलाई व्यवसायको रुपमा दर्ता गरेको थिएन् ।