सुन तस्करले इलेक्ट्रिक सामानमा सुन ल्याउन थालेपछि सर्वसाधारणलाई विदेशबाट इलेक्ट्रिक सामान ल्याउन रोक लगाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपालीलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्सचर, पानी तान्ने मेसिनलगायतका सामान नल्याउन भनेको हो ।
विदेशबाट फर्किने नेपालीले दैनिक जीवनमा प्रयोग हुने इलेक्ट्रिक सामान बोकेर आउने गरेका थिए । अब भने ल्याउन पाउने छैनन् । विमानस्थल भन्सारका अनुसार यस्ता सामानहरू एक्सरे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर र फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था देखिएकाले रोक लगाएको हो ।
६० किलो सुन तस्करी गर्ने गिरोहले ब्रेक शु , पानी तान्ने मोटर, धारी काट्ने मेसिनमा सुन तस्करी गरेका थिए भने राहुल महराको समुहले इलेक्ट्रिक चुरोट भेपमा ९ किलो सुन तस्करी गरेको थियो । यसको असर सर्वसाधारणमा परेको छ ।