चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरोमा पुरिएर एकजना डोजर चालकको मृत्यु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार तुइन खोला नजिक नाला खन्ने क्रममा खसेको पहिरोले डोजर पुरेको थियो । डोजर अपरेटरको पहिचान भने खुलेको छैन । पहिरोले सडक आवागमनमा असर गरेको छैन ।
पुस १४, २०८१ आइतबार |