महोत्तरी । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले गठबन्धनको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
शनिबार महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ भटौलियमा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रिय सम्मेलनको समुदघाटन कार्यक्रममा बोल्दै नेता कोईरालाले अहिलेको सरकार नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त गबन्धनको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् ।
‘भष्टाचार बढेको बढ्यैछ , शिक्षामा विकास हुन सकेको छैन , यस सँगसँगै चुरे संरक्षण लगायतको समस्या समाधान हुन सकेको छैन ।’ नेता कोइरालले भने ‘जनताको अपेक्षामा उत्रन नसक्नुको यि उदाहरण प्रयाप्त हो ।’
साथै नेका नेता कोइरालाले पार्टीको १५ औं अधिवेशन समयमै गराउन यस विषयमा छलफल गरे नेतृत्व पंक्ति संग आग्रह गर्ने समेत बताए ।
कार्यक्रममा नेका नेतृ किरण यादव, मधेस प्रदेशका पूर्व स्वास्थ्य मन्त्रि विरेन्द्र प्रसाद सिंह , महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का नेता रामचन्द्र तिवारी , नेता बजरग नेपाली लगायत नेकाको भातृसंगठनका प्रमुख प्र,तिनिधि तथा अन्य जिल्लाबाट आएको केन्द्रिय सदस्य नगरप्रमुख उपप्रमुखहरु सहभागि थिए ।