प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।
इजरायल घटना, विद्यालय शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु सहभागी छन्।