काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई मुम्बई लगिएको छ ।
दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई श्री एयरलाइन्सको चार्टर्ड उडानमा भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ।
ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीले ‘मेडिकल स्कर्टिङ’ गरी पाइलट सेढाईलाई नेशनल बर्न सेन्टर पुर्याए छन् ।
आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।
शनिबार बिहान लुक्लाबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पताल जनाएको छ ।
साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।
हेलिकप्टरमा दनदनी आगो दन्कियो, पाइलटको जलेको शरीरमा स्थानीयले चिसो हिलो दले (भिडियाे सहित)