हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको छ ।
स्थलमार्ग हुँदै बुधबार राती बम्जनलाई सर्लाही पुर्याएकाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले उनलाई अदालत हाजिर गराएको हो । बम्जन मंंगलबार काठमाडौँको हात्तिगौंडाबाट पक्राउ परेका थिए ।
बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।