काठमाडौँ । महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन यस्तो घोषणा गरेका हुन् ।
महिनाको ४ दिन महिला ट्राफिक प्रहरीको सट्टा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा खटाइने गृहमन्त्री लामिछानेले बताएका छन् ।
गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिदै लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’