काठमाडौं । नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोे पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले १२ वर्षपछि सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।
नयाँ तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्यामध्ये ५८ लाख ३२ हजार हाराहारी नेपालीहरु गरिबीको रेखामुनी रहेको कार्यालयले जनाएको छ । २०६६/०६७ मा सार्वजनिक भएको यस्तो सर्वेक्षणमा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको थियो ।
नयाँ विवरणअनुसार गरिबीको रेखामुनी रहेका कुल जनसंख्यामध्ये २४.६६ प्रतिशत गाउँमा र १८.३४ प्रतिशत शहरमा बसोबास गर्ने गरेको पाइएकोे छ ।