काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।
निगमले विज्ञप्ती जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिट १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुनेछ ।