काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब बजेट सिलिङ तोकेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको हो ।
फाल्गुन ४, २०८० १२:०७ मा प्रकाशित